२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

रुख जोगाउनकै लागि मतपत्र हरियो बनाइयो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढो भइसकेको कांग्रेस जोगाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइरहेको आरोप लगाएका छन्।

मोरङको रंगेलीमा आयोजित मेयर-उपमेयरको पार्टी प्रवेश तथा सभालाई सम्बोधन गर्दै ओलीले आयोगमाथि यस्तो आरोप लगाएका छन्। 

‘अब कांग्रेसमा लागेर केही काम छैन, कांग्रेस विस्तारै विस्तारै बुढो हुँदै गएको छ’, उनले भने, ‘बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो। चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरँदैन।’

ओलीले मतपत्र र चुनाव चिन्हमा हरियो राख्न नहुने पनि जिकिर गरे।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७८ फाल्गुन २५

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP