डडेल्धुरा – भूमि सम्बन्धी समस्या समाधान आयोगले डडेल्धुरामा सक्रियता बढाएको छ । केही समय रोकिएको आयोगको काम पुन: सुरु गरिएको हो।
आयोगले पछिल्लो समय जिल्लाको आलीताल गाउँपालिकाबाट नापीको काम सुरु गरेको छ । नेपाल सरकारले गठन गरेको राष्ट्रिय भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासीलाई बसोबास तथा लालपुर्जाकाे व्यवस्था गर्ने निर्णय अनुसार काम सुरु गरेको हो ।
आयोगले पहिलो चरणमा डडेलधुराको गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा नापीको काम सुरु गर्ने नापी कार्यालय डडेल्धुराका प्रमुख महादेव भट्टले जानकारी दिए ।आलिताल गाउँपालिका – ४ मा एक कार्यक्रमकाे आयोजना गर्दै नापीको काम सुरु गरिएको हो ।
कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग डडेल्धुराका अध्यक्ष शेर बहादुर भण्डारीले आलिताल गाउँपालिकामा आयोगको काम दोस्रो चरणमा पुगेको प्रति खुसी व्यक्त गरे । स्थानीय तहसँग भएको सम्झौता अनुसार पहिलो चरणमा निवेदन संकलन गरिएको अध्यक्ष भण्डारीले बताए । भूमिहीन सम्बन्धी यो भन्दा पहिला आयोगले गरेका कामलाई पनि निरन्तरताका साथ अगाडि बढाइने उनले बताए ।
नापी सकेपछि समिति र नापी कार्यालयको बैठकमा सहजिकरण गर्दै केन्द्रमा सिफारिस गरेपछि लालपुर्जा हातमा पर्ने आयोगले जनाएको छ ।
आलिताल गाउँपालिकामा सवै भन्दा पहिले काम सुरु भएको गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले बताए । नापीको काममा सवै स्थानीयले विवाद बिना सहयोग गर्नु पर्ने बताउँदै उनले नापीको कामसँगै जनताको हातमा छिट्टै लाजपुर्जा पुग्नेमा विश्वास व्यक्त गरे ।
आलिताल गाउँपालिकामा जम्मा १९ सय १८ सुकुम्बासी तथा अव्यस्थितको निवेदन परेको छ । जस्मा ९८ भूमिहीन सुकुम्बासी र १८ सय २० अव्यवस्थित बास भएका परिवारको निवेदन परेको छ । अझै छुटपिट निवेदक थपिन सक्ने गाउँपालिकाले जनाएको छ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...