२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

डोटी सहित सुदूरपश्चिमका ४ जनामा पहलो पटक भेटियो ओमिक्रोन

डोटी- डोटीका एक जना सहित सुदूरपश्चिम प्रदेशका ४ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा पहलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

डोटीका एक जना, कञ्चनपुरका २ जना र बझाङका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष, कञ्चनपुरको दोधराचाँदनीका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

ओमिक्रोन भेरियन्ट पुष्टि गर्न १४६ जना कोरोना संक्रमितको नमुना पठाईएकोमा उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको हो । संक्रमण पुष्टि भएका चारै जना भारतबाटस्वदेश फर्केका नागरिक हुन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ११

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP