२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

सुदूरपश्चिममा थप ५५० जनामा कोरोना संक्रमण पुष्टि

डोटी – सुदुरपश्चिम प्रदेशमा पछील्लो २४ घण्टामा थप ५५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ३२६ जनाको एन्टिजेन र २२४ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा एक हजार ५४७ जनाको कोरोना परीक्षण भएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकामध्ये १०३ जना भने आज नै भारतबाट फर्केका नागरिक हुन्। यो संगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार ४३९ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार ४७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP