२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

एसपी धितालले सम्हाले सुदूरपश्चिम प्रदेश ट्राफिकको कमाण्ड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक प्रबिण धितालले कार्यभार ग्रहण गरेका छन् ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय आएका धितालले आज (सोमबार) कार्यभार ग्रहण गरेका हुन । प्रहरी उपरीक्षक धिताललाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक बामदेव गौतमलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा गरेपछि उनको स्थानमा धिताल आएका हुन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP