२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कैलालीमा लागूऔषधसहित एकजना पक्राउ

कैलाली – कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप-महानगरपालिका ४ एकताटोल बस्ने ५० बर्षीय नर बहादुर धामीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।

सोमबार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

उनकै घरबाट ९ सय ग्राम लागूऔषध (चरेश) सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP