२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, चारको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २६५ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोहीक्रममा कोरोनाबाट देशभर ४ जनाको मृत्यु भएको छ। साथै २ हजार ५४० जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ८२ हजार ५५० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ १०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP