
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताएका छन्। आइतबार सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गरे।
प्रधानमन्त्री देउवाले भने, “मुलुकमा सङ्कट आउँदा, असमान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ।”
उनले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्वपूर्ण रहेको बताए। क्षमता सीप विकास, सङ्गठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गरे। उनले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गरे।
प्रधानमन्त्री देउवाले शान्तिसुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि दिए। उनले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातारण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरश पालना गर्दै जनतको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन पनि दिए।
उनले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदातित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे। मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र सङ्घीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गर्दै उनले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढङ्गले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
रासस
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...