२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कैलालीमा धारीलो हतीयार प्रयोग गरि श्रीमतीको हत्या,श्रीमान फरार

कैलाली – कैलालीको गोदावरी नगरपालिकामा एक जना आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन्। नगरपालिकाको वडा नम्बर ९ बल्मीका ४२ वर्षीय परशुराम रोका मगरले श्रीमती भावना रोका मगरको हत्या गरि फरार भएका हुन् । घटना आज बेलुकी ७ बजेको समयमा भएको हो ।

घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए। उनले प्रारम्भीक अनुसन्धानमा दुवैजनाले मदीरा सेवन गर्ने गरेको पाईएको बताए ।

उनले आफु घटनास्थलमै रहेको र अभियुक्त भने फरार रहेको बताए। शव पोष्टमाटमका लागी सेती प्रादेशीक अस्पताल पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको पोख्रेलले जानकारी दिएका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP