२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

‘तपाईंको मास्क खै ?’भन्दै कैलालीका सिडियो निस्किए सडकमा

धनगढी – कैलालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले ‘तपाईंको मास्क खै ?’ अभियान फेरि सुरु गरेको छ ।

संक्रमण बढ्दै गएपछि रोकथामका लागि मास्क अभियानलाई प्रभावकारी बनाउन आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीसहितको टोलीले धनगढी बजारमा मास्क वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थापा र एसपी अधिकारीसहितको टोलीले धनगढी बजार क्षेत्रमा पुगेर मास्क नलाएकाहरूलाई मास्क लगाउन आग्रह गरेको हो । कोरोनाको जोखिम बढ्दै गएकाले सबैले अनिवार्य मास्क लगाऔं भन्ने व्यानर बोकेर मास्क अभियान प्रभावकारी बनाउन फेरि सक्रिय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

संक्रमण बढ्दै गए पनि मास्क लगाउनेको संख्या भने घट्दै गएको देखिएपछि स्थानीय प्रशासनले मास्क लगाउन सबैमा आग्रह गरेको छ । भारतसंग सीमा जोडिएको जिल्ला भएकोले पनि कैलालीमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमण बढ्दै गए पनि मास्क लगाउनेको संख्या भने घट्दै गएको देखिएपछि स्थानीय प्रशासनले मास्क लगाउन सबैमा आग्रह गरेको हो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP