२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

डोजरले फालेको ढुंगाले गुडीरहेको बोलेरोलाई किच्दा ३ जनाको मृत्यु, ३ जना घाइते

ओखलढुंगा – ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् । घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको पहिचान खुलेको छैन ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP