२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

बरामद गरिएको नक्कली महमा भेटियो क्यान्सर गराउने तत्त्व

काठमाडौं – नक्कली मह बनाउने क्रममा कच्चा पदार्थसहित प्रहरीले करिब ७ हजार लिटर नक्कली महसहित नरेश श्रेष्ठलाई बिहीबार पक्राउ गरेको थियो।

श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले जानकारी दिए।उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा मानव शरीरलाई क्यान्सर गराउन सक्ने तत्त्वको मात्रा बढी पाइएको छ ।

स्पर्श हनीमा पाइएको अत्यधिक एचएमएफको मात्राले मानव शरीरलाई गम्भीर असर पुराउन सक्ने र क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

जब ग्लुकोज र चिनी पकाइन्छ, त्यहाँ तापको कारण केही मात्रामा हाइड्रोअक्सिमिथाइलको मात्रा बढ्न जान्छ । हाइड्रोअक्सिमिथाइलको मात्रा नबढोस् र मापदण्ड अनुसारकै होस् भन्नका लागि त्यहाँ अधिकमात्रामा माहुरीले तयार पारेको महकै प्रयोग गरिन्छ । केही मात्रामा ग्लुकोजको प्रयोग गर्न सकिने भएपनि त्यहाँ सस्तो पर्ने चिनी बढी मिसाउने र तताउने गर्दा त्यहाँ एचएमएफको मात्रा बढ्न जान्छ, जुन टक्सिन अर्थात् विष समान बन्न सक्छ ।

विभिन्न अध्ययनहरूले देखाए अनुसार पुरानो मह र नक्कली महहरूमा एचएमएफको मात्रा बढी पाइने गरिएको छ । नेपाल सरकारले तोकेको ४० मिलिग्राम प्रतिकिलो भन्दा बढी भएको एचएमएफको मात्राले मानव शरीरलाई क्यान्सर गराउन पनि सक्छ । यसले पेट तथा आन्द्रामा असर गर्ने र क्यान्सर समेत गराउन सक्ने देखिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक खाद्य विशेषज्ञका अनुसार जुन मह केही समयपछि रङमा परिवर्तन आउँछ र अत्यधिक जम्न थाल्छ, उक्त मह खानका लागि योग्य छैन भनेर बुझ्दा हुन्छ । आफ्नो नाम नछाप्ने सर्तमा एक विशेषज्ञले भने, ‘सक्कली मह प्रतिकिलो ५/६ सयमा आउँदैन । अहिले बजारमा पाइने अधिकांश महमा चिनी र ग्लुकोजको मात्रा बढी रहेको पाइएको छ । त्यो भनेको चिनी पानी घोलेर खाए पनि हुन्छ । महमा पाइने तत्त्वको मात्रा एकदमै कम हुने गरेको छ, जुन वस्तुलाई हामीले मह भनेर खाइरहेका छौँ, अधिकांश त्यस्ता वस्तुहरू चिनी पानी र केही अन्य तत्त्वहरूको मिश्रण मात्रै छ ।’

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP