२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

अफगानिस्तानमा बम विस्फोट, ७ जनाको मृत्यु

काठमाडौं – अफगानिस्तानमा एउटा मिनिबसमा भएको बम विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ।

पश्चिमी अफगानिस्तानको हेरात सहरमा भएको विस्फोटमा अरु थुप्रै यात्रु घाइते भएको जनाइएको छ। हेरातको प्रादेशिक अस्पतालका प्रमुख आरिफ जलालीका अनुसार मृत्यु हुनेमा ४ महिला छन्। हेरातका तालिबान कमाण्डर मौलावी अन्सारीले घटनामा ९ जना घाइते भएको जनाएका छन्।

हेरातको गुप्तचर कार्यालयले मिनिबसमा बम विस्फोटको पुष्टि गरेको हो। गुप्तचर कार्यालयका प्रवक्ता सबित हार्वीका अनुसार गाडीको इन्धन ट्यांकीमा टाँसिएको बम विस्फोट भएको अनुमान गरिएको छ। बम विस्फोटको जिम्मा भने कसैले लिएको छैन्।

अफगानिस्तानमा २० वर्ष लामो सशस्त्र युद्ध गरेको तालिबानले गत अगस्टमा राजधानी काबुलसहित देश कब्जा गरेपछि विस्फोटका घटनामा कमी आएको एजेन्सीहरुले जनाएका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP