२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

बाजुरामा एक बालक मृत फेला

बाजुरा – बाजुराको हिमाली गाउँपालिका–१ मा एक बालक मृतावस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा हिमाली गाउँपालिका–१ विच्छ्याका अन्दाजी १६ वर्षीया पुष्पराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भाइ–बहिनी अभिभावक भएर बडीमालिका नगरपालिका–८ थापाबाडामा डेरामा बस्दै आएका बोहरा शनिबार मृतावस्थामा फेला परेको जनाएको छ। बोहरा शनिबार बिहान खाना खाने समयमा खाना खान बोलाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ।

मृतक बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। मृतक बोहराको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ। कोरोनाको रिपोर्ट भने आउन बाँकी छ।

रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP