२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

धनगढीमा मोबाइल चोरीको आरोप लागेका दुई प्रहरी निलम्बित

धनगढी – धनगढीको एक मोबाइल पसलबाट मोबाइल चोरीको आरोप लागेका २ जना प्रहरी निलम्बनमा परेका छन् । ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोप लागेका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बन परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुबै जना बिरुद्ध चोरीको मुद्धा दर्ता गरी अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन ।

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा चेकजाँच गर्न गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७८ माघ ८

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP