२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

विश्वभर एकै दिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपीए, ८ हजारको मृत्यु

विश्वभर एकै दिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएका परीक्षणमा ३३ लाख १२ हजार १८५ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएका संक्रमितमध्ये अमेरिकामा ५ लाख ४८ हजार, भारतमा ३ लाख ३५ हजार, फ्रान्समा ४ लाख ८ हजार र इटलीमा १ लाख ७९ हजार रहेका छन्। यस्तै‚ ब्राजिलमा १ लाख ६८ हजार, स्पेनमा १ लाख ४१ हजार, जर्मनीमा १ लाख ३८ हजार र अर्जेन्टिनामा १ लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ।

गत २४ घण्टामा ८ हजार १९८ जनाले कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा २ हजार १९९, भारतमा ४८९, रसियामा ६९२, इटलीमा ३७३, ब्राजिलमा ३९६ र मेक्सिोकोमा २७८ जना रहेका छन्। सोही अवधिमा १५ लाख ६६ हजार मानिस संक्रमणमुक्त भएका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP