२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

सिरियाली जेल आक्रमणमा १८ सुरक्षाकर्मी मारिए

सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ।

उक्त सिरियाली सुधारगृहमा हजारौं संदिग्ध लडाकु राखिएको र त्यहाँ इस्लामिक स्टेटले गरेको आक्रमणमा कम्तिमा १८ जना कुर्दिश सुरक्षाकर्मी मारिएको एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ।

सन् २०१९ मा आइएस पराजित भएपछि यस्तो सबैभन्दा ठूलो आक्रमण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ।

एक प्रत्यक्षदर्शी स्थानीयले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार घटनामा विद्रोही समूहका समेत दर्जनौं मारिएका छन्।

तर अब्जरभेटरीले कुर्दिश आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिनेको संख्या १८ पुगेको पुष्टि गरेको हो।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP