२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

सप्तरीमा भेटिए मुस्लिम सभामा सहभागी ६ जना

नयाँदिल्लीको निजामुद्दिनस्थित मुस्लिम धर्मसभामा सहभागी भएका नेपालीहरु सबैलाई दिल्लीमै ‘क्वारेन्टाइन’मा राखिएको परराष्ट्र मन्त्रालयको दाबी झुटो ठहर भएको छ ।

उक्त धार्मिकसभाबाट फर्किएका ६ जना सप्तरीमा फेला परेका छन् ।

राजविराज नगरपालिका–४ स्थित मिनि मार्केटअगाडि घर भएका उनीहरुलाई घरबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

उक्त सभामा सप्तरीबाट मात्रै दुई दर्जन बढी सहभागी भएको आशंका गरिएको छ । प्रहरीले शंकास्पद अन्यको पनि खोजी तीव्र बनाएको छ ।

गत फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदे बर्साइनमा आयोजना गरिएको मुस्लिम धार्मिकसभामा सहभागी भएकाहरु अधिकांश दिल्लीको तबलिगी सभामा सामेल हुन गएको जनाइएको छ ।

यता, परराष्ट्र मन्त्रालयले भने निजामुद्दिनमा आयोजना गरिएको तबलिगी जमातको सभामा २० जना नेपालीहरु सहभागी भएको र उनीहरु सबैलाई दिल्लीमै क्वारेन्टाइनमा राखिएको दाबी गरेको थियो ।

तर, उक्त सभामा नेपालबाट ठूलो संख्यामा मुस्लिम प्रतिनिधिहरु सहभागी भएको र अधिकांश नेपाल फर्किसकेको आशंका गरिएको छ ।

मार्च १ देखि १५ तारिखसम्म निजामुद्दिनको मरकजमा भएको तबलिगी समुदायको सभामा करिब ८ हजारजना सहभागी भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

प्रशासनको आँखा छलेर सभा आयोजना गरिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यु’ घोषणा गरेपछि उनीहरु सभास्थलमै बन्दी भएका थिए । 

यसलगत्तै भारतभर ‘लकडाउन’ गरिएको थियो भने लकडाउनको केही दिनपछि बल्ल उनीहरुले आफूहरुलाई बाहिर निकाल्न भन्दै प्रशासनलाई पत्र लेखेका थिए ।

दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी भएको र तेलंगना राज्यमा कोरानाबाट मर्ने ६ जना पनि सोही सभाबाट फर्केकाहरु भएको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ले जनाएको छ ।

Related News

पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो :  बलायर
पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो : बलायर
  • २०७६ चैत्र १९

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।...

मलाई र तनहुँ सभापतिलाई हिरासतमा राखिएको छ : रामचन्द्र पौडेल
मलाई र तनहुँ सभापतिलाई हिरासतमा राखिएको छ : रामचन्द्र पौडेल
  • २०७६ चैत्र १९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको बताएका छन्। तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन...

कांग्रेस नेता पौडेल तनहुँबाट प्रहरी नियन्त्रणमा
कांग्रेस नेता पौडेल तनहुँबाट प्रहरी नियन्त्रणमा
  • २०७६ चैत्र १९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको...

TOP