२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

आदर्श सरकारलाई कांग्रेस माओवादीको अल्टिमेटम : प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग

डोटी – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आर्दश गाउँपालिकालाई पाँच दिने अल्टिमेटम दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी रुपमा लागू गर्न माग गर्दै पाँच दिने अल्टिमेटम दिएको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विजयराज ओझा, गाउँपालिकाका कांग्रेस सभापति चन्द्रनाथ ओझा, माओवादी केन्द्रका प्रदेश सदस्य योगेन्द्र बहादुर खड्का र माओवादीका गाउँपालिका सचिव गणेश कार्कीद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा ६ बुँदे माग पेश गरिएको छ । आफूले पेश गरेका माग पाँच दिनभित्र पारदर्शीरूपमा लागू नभए थप संघर्षका कार्यक्रम अघि बढाइने पत्रमा उल्लेख छ ।

यसअघि गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यविधि विपरीत मनोमानी कार्यकर्ता व्यवस्थापन गर्न मात्रै लागू गरेको जनाइएको छ । यस अघि सूचीकृत कामदारहरु बदनियत ढंगबाट छनोट गरिएको कांग्रेस माओवादीले जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गरेको कार्यविधि अनुरूप चालू आर्थिक वर्षमा उक्त कार्यक्रम सञ्चालन गर्न र कामदार सूचीकृत गर्न माग गरेको कांग्रेस महाधिवेशन प्रतिनिधि विजयराज ओझाले बताए । गरिब निमुखा जनतालाई रोजगार प्रदान गर्नका लागी आएको पवित्र कार्यक्रममा तीव्र राजनीतिकरण भएको उनले बताए । ओझाले भने,’ प्रधानमन्त्री रोजगार कार्यक्रममा तिब्र राजनीतिकरण भएको छ । कार्यक्रमबाट आफ्ना कार्यकर्ता पोस्ने काम मात्रै भएको छ ।,उनले थपे,’ हामीले पाँच दिन भित्र यी सबै कुरा सुधारका लागि अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छौँ । अल्टिमेटम दिइएको समयभित्र हाम्रो मागको सुनुवाई नभए स्थानीय सरकार विरुद्ध कडारुपमा प्रस्तुत हुँदै थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने छौं ।’

ज्ञापन पत्रमा योजना छनौट गर्दा कार्यविधि अनुरुप गर्नुपर्ने , स्वरोजगारको कार्यक्रम सञ्चालन तथा छनौट गर्दा सर्वदलीय सहमतिमा गर्नु पर्ने, उपभोक्ता गठन गर्दा कार्यविधिको पालना गर्नु पर्ने, योजना कार्यकर्तामुखी भन्दा पनि जनतामुखी हुन पर्ने, गरिब बेरोजगारहरूलाई प्राथमिकता दिनुपर्ने,श्रमिकको बै‌क खाता अनिवार्य खोल्नु पर्ने लगायतका माग उल्लेख छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि ओझा र माओवादी केन्द्रका प्रदेश सदस्य खड्काले गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायालाई ज्ञापनपत्र बुझाएका थिए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP