२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

आगामी निर्वाचनबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता संक्रमणमुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP