२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

कैलाली – कैलालीको धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उप–महानगरपालिका – २ मा रहेको ग्लोबल मोबाईल ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नमबर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उप–महानगरपालिका– २ ट्राफिकचोकमा दोर्णबहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP