
काठमाडौं – आगामी स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ।
मंगलबार बसेको सत्तारुढ दलहरुको बैठकमा भएको छलफलअनुसार निर्वाचनको मिति तय गर्नेबारे आज थप छलफल हुन लागेको हो। सत्तारुढ दलहरुको बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको जनाइएको छ ।
बैठकमा आगामी स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखमा गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गर्दै आएको छ। तर सत्तारुढ दलहरु सबै तहको चुनाव एकैपटक गर्ने मनस्थितिमा देखिएका छन्।
सत्ता सञ्चालनको सहजीकरणका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा आबद्ध नेताहरु स्थानीय तहअघि संघीय निर्वाचन गर्ने गरी छलफलमा जुटेका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समिति स्थानीय तहभन्दा अघि आमनिर्वाचन गर्ने गरी छलफलमा जुटेको हो।
आजको गठबन्धनको बैठकमा स्थानीय तह, प्रदेश सभा तथा संघीय संसदको निर्वाचनबारे मोटामोटी खाका तयार गर्ने तयारी दलहरुको छ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...