२०८२ माघ २८, बुधबार
February 11, 2026, Wednesday

आगो तापिरहेको अवस्थामा ढिस्को खस्दा २ जनाको मृत्यु

रुपन्देही – बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा गणेश थापा ३२, शिव थापा ३५ रहेका छन्। हिजो साँझ ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरु पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्दारका लागि पुगेको थियो। तल तटबन्द बनाउनका लागि खनेको स्थानमा माथिको ढिस्को खसेको बताइएको छ।

अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरी खोजि गरिएको प्रहरीले बताएको छ। ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७८ माघ ६

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP