२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

परीक्षा हलमा संक्रमितलाई सँगै राखिएको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज

काठमाडौंः बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ। कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ। त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन्। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ। बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो। अहिलेसम्म परीक्षा सुरु भएको छैन।

विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबनदी गरेका छन्। एक विद्यार्थीका अनुसार कलेजमा स्यानिटाइजर पनि राखिएको छैन। मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP