
सुदूरपश्चिम प्रदेशमा मंगलबार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।
२सय ५७जनाको पीसीआरमार्फत र २ सय ३१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएकामध्ये १ सय १ जना आजै भारतबाट आएका नागरिक हुन्।त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये कैलालीका २ सय ६४, कञ्चनपुरका १ सय ६४, डडेल्धुराका १५, बाजुराका ११, अछाम, बझाङका १०÷१०, बैतडीका ७, डोटीका ५, दार्चुलाका १, प्रदेश बाहिरका १ जना रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ५ सय २१ पुगेको छ ।
प्रदेशमा सोमबार १ हजार २ सय ७५ नमूनाको कोरोना परिक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार २ सय ७८ पुगेको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...