२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

यमनमा साउदी नेतृत्वको घातक हमलामा १२ बढीको मृत्यु

फाईल फोटो

साना : साउदी नेतृत्वको गठबन्धनले यमनमा गरेको हवाई हमलामा कम्तीमा १२ मानिसको ज्यान गएको छ । गठबन्धनले यमनको राजधानी सानामा मंगलबार बिहानै गरेको घातक आक्रमणमा परि कम्तीमा १२ मानिसको ज्यान गएको हो ।

इरान नेतृत्वको पुर्व सेनाको गृह क्षेत्रलाई लक्षित गरी सो आक्रमण गराएको बताइएको छ । सो आक्रमणमा करिब १४ मानिसको ज्यान गएको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

हुथी बिद्रोहीले युनाइटेड अरब एमिराट्स युएईको आबुधामीमा ड्रोन आक्रमण गरेको भोलीपल्ट साउदी नेतृत्वको गठबन्धनले सो क्षेत्रमा घातक हमला गरको हो । सन् २०१४ को अन्त्यमा हुथी बिद्रोहीले यमको राजधानी र उत्तरी यमनमा कब्जा जमाएपछि यमनका राष्ट्रपति अब्द रब्बु मानसौर हादीले सरकार छोडेका थिए ।

हादीको सरकार पुनर्स्थापना गराउन साउदी अरबिया र युएईले सन् २०१५ मा यमनको युद्धमाथि हस्तक्षप गरेका थिए । युएईले सन् २०१९ मा यमनमा आफ्ना सैनिक तैनाथ गराएको थियो ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ माघ ४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP