

डोटी- डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण तीव्र भए पनि स्वास्थ्य मापदण्डको पालना भएको छैन ।
यहाँका धार्मिकस्थल, सार्वजनिक यातायात, बजारलगायतका स्थलहरुमा मानिसको भीड नघट्दा जोखिम बढ्न थालेको छ । कुनै–कुनै ठाउँमा त सार्वजनिक कार्यक्रम नै आयोजना हुन थालेका छन् ।
सार्वजनिक स्थानमा भेला हुने, बजारमा जाने, सार्वजनिक यातायातमा यात्रा गर्ने व्यक्तिहरुले समेत मास्कको प्रयोग गरेको पाइँदैन । ब्यापारी र ग्राहाकका बीचमा पनि दुरी कायम भएको पाइदैन । ब्यापारीले मास्कको प्रयोग समेत गरेको देखिदैन ।

पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । यातायात लगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन् ।
बजार, पसललगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता बताउछन् ।
बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनुपर्ने स्थानीयको माग छ ।

दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...