२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

सर्वोच्च अदालतको पूर्ण बैठक आज

काठमाडौं – सर्वोच्च अदालतको पूर्ण (फुलकोर्ट) बैठक आज बस्दैछ।

दिउँसो साढे १ बजे बस्ने बैठकमा सरकारले हालै सार्वजनिक गरेको ३६ बुँदे कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ अनुरुप सर्वोच्चको सेवा प्रवाहका विषयमा छलफल हुने प्रवक्ता बाबुराम दाहालले बताए।

बैठकमा कोभिड—१९ को संक्रमणको जोखिमका कारण सेवा प्रवाहमा पर्ने समस्या, सेवालाई अहिलेकै अबस्थामा लैजाने वा कटौती गर्ने विषयमा निर्णय हुनेछ। सर्वोच्च अदालतका एक दर्जन बढी न्यायाधीशमा कोरोना संक्रमण पुष्टी भएकाले सेवा प्रभावित हुने देखिएको छ।

बैठकमा सर्वोच्च अदालतमा भिडभाड कम गर्ने, पुर्ण स्वास्थ्यमाप दण्ड अनिवार्य गर्ने, सरकारको आदेशको पुर्ण पालना गर्दै सर्वोच्च परिषरमा जारी बारको आन्दोलन लगायतका विषयमा कसरी अघि बढ्ने विषयमा छलफल हुने प्रवक्ता दाहालले बताए।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ माघ ४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP