२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

पीएम कपमा आज सेमिफाइनलका खेल हुँदै

काठमाण्डौ – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् ।
त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान ९ बजे नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्ने छन् । पुलिस समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

वाग्मती भने समूह बि को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, आजै दिउँसो १ बजे हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

एपीएफ समूह बी को विजेता बन्दै र आर्मी समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यो खेल पनि त्रिवि मैदान कीर्तिपुरमै हुने छ । यसैबीच, प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०७८ माघ ४

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP