२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

एमाले उपमहासचिव गुरुङलाई कोरोना सङ्क्रमण

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। सोमबार पीसीआर परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको हो। सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा बसेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो। यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP