२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

देशभर एकै दिन थपिए ५ हजार ८७ संक्रमित

काठमाडौं – नेपालमा एकैदिन ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।

१३ हजार ४ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार २ सय ४ र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ८३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टाको अवधिमा ३ सय ६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको मन्त्रालयको विवरण छ।

योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । गएको २४ घण्टामा ३ लाख २० हजार २ सय ७६ जनाले कोरोनाको खोप लगाएका छन् ।

योसहित नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले एकमात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले दुई मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ पुष ३०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP