२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

डोटीमा कोरोना संक्रमण तीव्र : एक साताको अवधिमा ३३ जनामा देखियो संक्रमण

डोटी- डोटीमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । एक साताको अबधिमा जिल्लाका ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

गत शुक्रबार सम्म संक्रमितको संख्या शून्य रहेको थियो भने शनिबारको परीक्षणमा भारतबाट आएका एक जनामा संक्रमण देखिएको थियो । त्यस यता दैनिक संक्रमितको संख्या बढ्दै गएको छ ।

बिहिबार जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको थियो । आज (शुक्रबार) १३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डिल्लीरमण जोशीले बताए । जिल्लामा परीक्षण गर्नेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको उनले बताए ।

हाल सम्म सबै भन्दा बढी आदर्श गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिकाका १० जना, पूर्वीचौकी गाउँपालिकाका ४ जना, जोरायल गाउँपालिकाका २ जना, सायल गाउँपालिकाका २ जना, बोगटान फुड्सील गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

एक सातामा २४४ जनाको एन्टीजेन र ८ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ पुष ३०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP