२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

सुदूरपश्चिममा थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

डोटी – सुदूरपश्चिम प्रदेशमा आज थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआर मार्फत र २ सय ५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

आज २ हजार २०५ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका तीन सय १८ जनामध्ये दुई सय २७ जना भारतबाट आएका नागरिक हुन्।

निर्देशनालयका अनुसार त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर भित्रिएका १०५, पुलघाटबाट फर्केका ५ जना र जुलाघाटबाट भित्रिएका ६ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज २ हजार ७० नेपाली स्वदेश फर्केका छन्। यस्तै पछील्लो २४ घण्टामा प्रदेशमा ५ जना कोरोना मुत्त भएका छन् ।यो अवधीमा प्रदेशमा कोरोनाका कारण कसैको पनी मृत्यु भएको छैन ।

भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७८ पुष २९

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP