२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

एमाले कञ्चनपुरको अध्यक्षमा बिष्ट प्यानल सहित निर्वाचित

कञ्चनपुर – नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेशनबाट जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष सुरेन्द्र बिष्ट प्यानल सहित निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न पदाधिकारीको मतगणना अनुसार अध्यक्षमा सुरेन्द्र बिष्ट २८१ मत सहित निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी वीरबहादुर थापाले १८३ मत मात्रै प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भईन् । उनले २५४ मत प्राप्त गरन् । उनका प्रतिद्वन्द्वी महेश प्रसाद पन्तले २०५ मत मात्रै प्राप्त गरे ।

आठौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवमा पल्लवराज भट्ट निर्वाचित हभए । उनले सचिव पदका अर्का उम्मेदवार अशोक कुमार चन्दलाई ७ मतले पराजित गरे ।

सचिवमा निर्वाचित पल्लवराज भट्टले २३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी अशोक कुमार चन्दले २२६ मत प्राप्त गरे । जिल्ला कमिटी उपसचिवमा ३४७ मत सहित कर्ण बहादुर चन्द र २९६ मत सहित फैरु तामाङ निर्वाचित भए । प्रतिद्वन्द्वी शेर बहादुर चन्दले १९७ मत मात्रै प्राप्त गरे । जम्मा ४९९ जना मतदाताहरू मध्ये ४७० जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ पुष २८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP