
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ। आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् ।
अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...