२०८३ कार्तिक २४, सोमबार
November 9, 2026, Monday

भारतमा एकैदिन १ लाख ९३ हजार कोरोना संक्रमित थपिए

काठमाडौं – भारतमा एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ ।

सक्रिय संक्रमित थप एक लाख ३२ हजार बढेका हुन् । भारतमा कुल सक्रिय संक्रमित ९ लाख ४७ हजार पुगिसकेका छन् । भारतमा २५ डिसेम्बरदेखि कोरोनाको तेस्रो लहर शुरु भएको हो । लगातार छैटौं दिन संक्रमित एक लाख भन्दा बढी थपिएका छन् ।

दिल्लीमा मंगलबार मात्रै २३ जनाको ज्यान गएको छ । महाराष्ट्रमा २२ जनाको ज्यान गयो । दिल्लीमा ३ दिनमा ५७ जनाको ज्यान गएको छ ।
उत्तर प्रदेशमा संक्रमित ६ गुणा बढेका छन् । अहिलेसम्म भारतमा ३ करोड ६० लाख मानिसलाई कोरोना भइसकेको छ । ४ करोड ४६ लाखलाई निको हुँदा ४ लाख ८४ हजार ६५५ जनाको ज्यान गइसकेको छ ।

Related News

जिल्ला अस्पताल डोटीका करार कर्मचारी आन्दोलनमा
जिल्ला अस्पताल डोटीका करार कर्मचारी आन्दोलनमा
  • २०७८ पुष २८

दिपायल — जिल्ला अस्पताल डोटीमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी तथा...

TOP