
कैलाली – कैलालीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरकी ७७ बर्षिया बृद्ध महिलालाइ मसिंर १५ गते जबरजस्ती करणी गरेको र सोही पछिल्लो दिन मिलापत्र गराएको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होम प्रसाद सुबेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।
मिलापत्र गर्ने अन्य केही जना फरार रहेको जनाएको छ । मसिंर १५ गते राती स्थानिय ७७ वर्षिया महिलालाई मदिरा सेवन गरी प्रकाश सुबेदीले खेतमा लगी जर्बजस्ती करणी गरेको आरोप लागेको थियो । घटना सार्वजनिक हुने डरले गर्दा अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर मिलापत्र अनुसार ३ लाख नदिँदा घटना बाहीरिएको हो ।
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादी सहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरू माथि अदालत बाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...