२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

भारतबाट सुदुरपश्चिम भित्रीएका थप १२५ जनामा कोरोना संक्रमण पुष्टी

डोटी – पछील्लो २४ घण्टामा भारतबाट सुदुरपश्चिम भित्रीएका थप १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय ४४ जनाको नमूना परीक्षण गर्दा १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनाल दिपायलले जनाएको छ।

स्वास्थ्य निर्देशनालका अनुसार नेपाल भित्रिएका मध्ये १ हजार ३ सय ४४ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ । जसमा गड्डाचौकी नाकाबाट भित्रिएका ७ सय १७ जनाको कोरोना परिक्षण गर्दा ४५, गौरीफन्टा नाकाबाट भित्रिएका ५ सय ९१ जनाको कोरोना परिक्षण गर्दा ७८ र झुलाघाट नाकाबाट भित्रिएका ३५ जनाको कोरोना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३६ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय १० पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित निको भएसंगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार १ सय ९२ पुगेको छ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७८ पुष २४

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP