२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको पाइए कारबाही : गृह

काठमाडौं – पछिल्लो समय सूचना प्रविधिका नाममा ठगी बढेको भन्दै बिना इजाजत गैरकानुनी काम नगर्न नगराउन गृह मन्त्रालयले सचेत गराएको छ।

गृहले शुक्रबार एक सूचना जारी प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाईन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा हुने गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताएको हो।

जनतालाई आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा पछिल्लो समय विभिन्न स्वरुपका गैरकानूनी आर्थिक क्रियाकलाप सञ्चालनबाट आम जनसमुदायमा ठगी र असुरक्षाको वातावरण सृजना भएको गुनासाहरु प्राप्त हुने गरेको पनि गृहले जनाएको छ।

सूचनामा भनिएको छ, ‘सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा नेटवर्किङ ब्यबसाय, अनलाईन व्यवसाय, अनलाईन बैकिङ, अनलाइन अनलाइन बीमा अनलाइन गेमिङ   आदि व्यावसायिक क्रियाकलाप गैरकानूनी रुपमा फस्टाउँदै गएकोले यस किसिमका इजाजत प्राप्त बाहेकका जुनसुकै गतिविधिहरु गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ।’

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७८ पुष २४

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP