२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

राजेश पायलमाथि हातपात गर्ने शेर्पाले रक्सी राखेर माफी मागे

काठमाडौं – गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन्। उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्। उनले माफी मागेको भिडिओ सार्वजनिक भएको छ जहाँ दुवै जना खुसी देखिन्छन्।​

आदिवासी जनजाति समुदायमा कुनै गल्ली गरे भद्रमलाद्‌मीको उपस्थितिमा रक्सी राखेर माफी माग्ने चलन छ। यसरी माफी मागे गल्ती गर्नेलाई माफी दिइन्छ।

शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता गरेका छन्। गायक राईले पनि माफी दिने भन्दा आत्मालोचना गर्ने महान् भएको भन्दै क्षमा दिएका छन्। उनले आफूले पनि माफी दिएको र आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन्।

​शनिबार अमेरिकामा आयोजित नयाँ वर्षको स्वागत कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर हातपातको प्रयास गरेका थिए। शेर्पाले राईमाथि गरेको आक्रमणको सर्वत्र आलोचना भएको थियो।

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक राई केही दिनमै स्वदेश फर्किँदैछन्।

सम्बन्धीत समाचार :https://shikharsamachar.com/art-entertainment/13970/

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७८ पुष १९

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP