
काठमाडौं सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ।
कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ।
इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका-५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो।
उनको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमबार प्रहरीको ना. १ झ ७४८२ नम्बरको गाडी जलाएका थिए।
प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायत घटना बढेकाले सर्वसाधारणको सुरक्षा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...