२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

१६ किलो चरेस सहित बझाङका दुई जना पक्राउ

कैलाली– बझाङबाट धनगढी जाँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेस फेला पारेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढी तर्फ जाँदै गरेको से १ ज ७१८ नम्बरको जीपमा चेकजाँच गर्दा १६ किलो चरेस फेला परेको प्रहरीले बताएको छ।

कैलालीको चुरे गाउँपालिका-५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जीपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चालक बझाङको बुङ्गल नगरपालिका-११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमिलाल बोहरालाई जीप र चरेससहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७८ पुष १३

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP