
कैलाली – कैलालीमा एक महिला श्रीमानको कुटाइबाट गम्भिर घाइते भएकी छिन् । कैलालीको बर्दगोरिया गाउँपालिका-३ सम्झना टोलकी ३० वर्षीया कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी हुन्।
कीमसराका श्रीमान ३५ वर्षीय भरत विकले घरायसी झगडा हुँदा दाउराले उनको टाउकोमा हिर्काएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते भएकी उनलाई बर्दगोरिया अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका श्रीमान भरतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...