
काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् ।
देउवा नेतृत्वको १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो ।विभिन्न प्यानलमा निर्वाचन सम्पन्न भए पनि पदाधिकारीमा भने सबैको प्रतिनिधित्व देखिएको छ । दोस्रो चरणको निर्वाचनबाट पार्टी सभापतिमा देउवा निर्वाचित हुँदा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी काँग्रेस महामन्त्रीमा चर्चित युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित हुन् ।
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...