२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

कांग्रेस सभापतिको दोस्रो चरणको मतगणना सुरु, जित्न २२८२ मत चाहिने

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ।दोस्रो चरणमा मंगलबार भएको निर्वाचनको मतगणना राति ११ बजेर २० मिनेटमा सुरु भएको हो।

दोस्रो चरणको निर्वाचनमा बर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणमा सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि आज दोस्रो चरणको मतदान भएको थियो।

आज ४५६२ मत खसेको छ। अब सभापतिमा निर्वाचित हुन दुई हजार दुई सय ८२ मत चाहिन्छ। देउवालाई पहिलो चरणबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका छन्।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७८ मंसिर २९

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP