२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
कांग्रेस १४औं महाधिवेशनमा

काँग्रेस सभापतिमा आधा दर्जनको उम्मेदवारी, क–कसको केमा पर्‍यो ?

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वका लागि सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण श्रेष्ठ र युवराज न्यौपानेको उम्मेदवारी परेको हो । 

त्यस्तै दुई जना उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ । जसमा महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र दिवेश्वरी शाह रहेका छन् । 

दुई जना महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ । गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी परेको हो । 

आठ जना सहमहामन्त्रीका लागि बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदेम्बे, चेतराज बजाल, शेख वकील, उमाकान्त चौधरी र डिना उपाध्यायके उम्मेदवारी परेको छ । 

त्यस्तै सदस्यहरुमा थारुमा १४, मधेसीमा ३२, आदिवासी जनजातिमा ८३,  खसआर्यमा ९३, दलितमा ३९, महिलामा ३१, पिछडिएको क्षेत्रमा २, अपाङ्गतातर्फ १६, अल्पसंख्यकमा ६, मुस्लिममा १६, प्रदेश १ मा १३, प्रदेश २ मा ३, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा १२ तथा खुलातर्फ १०९ जनाको उम्मेदवारी परेको छ । 

यस्तो छ निर्वाचन तालिका
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको थियो । 

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ । 

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । 

हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो । 

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७८ मंसिर २५

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP