२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, १० घाइते

अछाम– धनगढीका लागि छुटेको बस अछाममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०७८ मंसिर १४

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP