२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

दाउरा प्रहार गरी आमाको हत्या

पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्।

पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।

छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको उनले जानकारी दिए।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०७८ मंसिर ११

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP