२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

अध्यक्षमा भोट माग्दै भीम रावल

चितवन- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पदाधिकारीसहित केन्द्रीय कमिटीका लागि भगीरथ प्रयास गरिरहेका बेला उनका प्रतिद्वन्द्वीका रुपमा आफूलाई प्रस्तुत गरेका एमाले उपाध्यक्ष भीम रावल मतदाताहरुसँग भोट माग्न थालेका छन्।

शुक्रबार एसएमएस पठाएर महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालेका रावलले शनिबार महाधिवेशनको बन्दसत्र आयोजना भएको चितवनस्थित सौराहामा प्रतिनिधिहरुसँग भेटेरै मत माग्न थालेका छन्।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्वसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका रुपमा प्रयास गर्दै शुक्रबार रातिको केन्द्रीय कमिटी बैठकद्वारा केन्द्रीय कमिटीको संख्या २२५ बाट बढाएर ३२० पुर्‍याएका थिए। यद्यपि रावल एमालेभित्र ओलीका कट्टर प्रतिद्वन्द्वीका रुपमा देखा परेका छन्। उनले केही साताअघि नै राजधानीमा एक कार्यक्रम गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

एमालेभित्र अर्का विपक्षी घनश्याम भुसालले पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। उता एमाले अध्यक्ष केपी ओलीलाई भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित पदाधिकारीलगायत केन्द्रीय कमिटीमा सबैको भाग पुर्‍याउन हम्मेहम्मे परेको छ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७८ मंसिर ११

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP