२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

तरुण अध्यक्ष बलायर र नेविसंघ अध्यक्ष खड्का कांग्रेस सचिवमा निर्वाचित

डोटी – नेपाली कांग्रेस डोटीको सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत डोटीमा भएको निर्वाचनबाट खड्काले ४६१ र बलायारले ४३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी ओम पाठकले ३८२, कुबेर खड्काले ३७५ र नरबहादुर खड्का (नरेश) ले १७९ मत प्राप्त गरे ।

बलायर तरुण दलका अध्यक्ष हुन् भने खड्का नेविसंघ डोटीका अध्यक्ष हुन् ।

त्यस्तै सह-सचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित भएका छन्। कठायतले ४०१ र मलासीले ३६९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्दी शेर बहादुर बोगटीले ३६४, डम्बर बमले ३२३ र कृष्ण मलासिले २७८ मत प्राप्त गरेका थिए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ मंसिर १०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP